निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक

  डेटूडे खबर डेस्क
  १५ असोज २०७९

                            

काठमाडौँ ।निर्वाचन आयोगले चुनावको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आयोगले सर्वाजनिक गरेको कार्यक्रम अनुसार असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको छ।

‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता सञ्चालन हुनेछ। मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ गते प्रदान गर्ने कार्यक्रम रहेको छ’, आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट