१२ हजार ४ सय ४ जनाकाे नमुना परीक्षण गर्दा ५ सय ९६ जनामा काेराेना पुष्टि

  डेटूडे खबर डेस्क
  २४ असोज २०७८

                            

जनकपुरधाम ।  पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार चार सय चार जनाको नमुना परीक्षण गर्दा पाँच सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख दुई हजार एक सय ९८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार नाै सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ७१ सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार नाै सय ४३ पुगेको छ ।

यही अवधिमा थप १० जना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा अहिलेसम्म ११ हजार दुई सय ३१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

अहिले १५ हजार २४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय २२ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट