पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष पाण्डेको निधन

  डेटूडे खबर डेस्क
  ११ कार्तिक २०७९

                            

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन भएको छ।

उनको ७५ वर्षको उमेरमा हेटौंडा –४ कमलडाँडास्थित निवासमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका उनलाई केही महिना अघिदेखि लिभर सिरोसिको कारण शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापश्चात उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । मकवानपुरे पत्रकारिताका संस्थापक मध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षती पुगेको पत्रकार महासंघ मकवानपुरले जनाएको छ ।

शोक विज्ञप्ति जारी गर्दै पाण्डे क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्ष समेत रहेर कार्य गरिसकेको जनाएको छ । उनकै प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो ‘प्रयास अर्धसाप्ताहिक’प्रकाशन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट