रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

  न्यूज डेस्क
  ३० पौष २०७९

                            

सर्लाही- सर्लाहीको बागमती नगरपालिका–२ नयाँरोड बरहथवा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

 प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक गोडैता नगरपालिका –४ बस्ने ३२ वर्षीय विश्वजित हजारी रहेका छन् ।

गएराति पौने १ बजे बाटोको छेउमा बिग्रिएर रोकिराखेको ट्रकमा प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही हजारीको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट