जानकी मन्दिर परिसरमा वृहत सरसफाइ

  डेटूडे खबर डेस्क
  ०८ माघ २०७९

                            

जनकपुरधाम । सरसफाइ अभियानीहरुको पहलमा जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिरमा वृहत सरसफाइ गरिएको छ ।
हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिर पर्यटकहरुको केन्द्रबिन्दु रहको तथा दिनहु हजारौको संख्यामा स्वदेश तथा विदेशबाट दर्शनार्थिहरु दर्शन गर्न आउँने भएकाले मन्दिर परिसरको सरसफाइलाई मध्यनजर गर्दै वृहत सफाइ गरिएको सरसफाइ अभियन्ता धिरेन्द्र साहले बताए ।
मन्दिर जस्तो पवित्रस्थलमा पान, गुटका खाएर परिसरको वरिपरी फोहर गर्नु कदापि राम्रो होइन् ।

जनकपुरधाम जानकी मन्दिर पर्यटकहरुको आस्थाको मुख्य केन्द्रबिन्दु रहेकाले मन्दिरको वरिपरि फोहर नगर्न तथा सबै नगरबासि मिलेर सरसफाइ गर्न साहले आग्रह गरेका छन् ।
वृहत सरसफाइ कार्यक्रममा सरसफाइ अभियानी, नेपाल प्रहरी, नागरिक समाज, पत्रकार लगायत दर्जनौको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट