यू–१९ विश्वकप छनोट : नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने

  डेटूडे खबर डेस्क
  ०९ माघ २०७९

                            

काठमाडौं । नेपालले आगमी महिना युएईमा हुने आइसिसी विश्वकप यू–१९ छनोटमा पहिलो खेल सिंगापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू१९ विश्वकप छनोटमा नेपालले खेल्ने तालिका सर्वाजनिक गरेको छ ।

नेपालले पहिलो खेल फागुन १२ (फेब्रुअरी २४) मा सिंगापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ (फेब्रुअरी २५) कुवतेसँग खेल्नेछ । नेपालले त्यसपछि एकदिन विश्राम गर्नेछ । फागुन १५ (फेब्रुअरी२७) मा हङकङसँग खेल्नेछ ।

फागुन १६(फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ । अन्तिम खेल फागुन १८(मार्च २) मा युएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहन सके २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाली टोली २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा छन् । नेपालले १४ सदस्य टोली पनि घोषणा गरेको छ ।

क्यानले घोषणा गरेको टोलीमा ८ खेलाडी पहिलो पटक यू–१९ नेपाली टोलीमा परेका छन् । अन्तिम १४ सदस्य टोली घोषणा गरेपनि कप्तान भने टुङ्गो लगाउन सकेको छैन । सिनियर टोलीबाट खेलि सकेका देव खनाल, गुलशन झासँगै युवा ब्याटर अर्जुन कुमाल, स्पिनर दीपेश कँडेल, विशाल विक्रम केसी र दुर्गेश गुप्ताले यसअघि नेपाली यू-१९ टोलीबाट खेलेका खेलाडी हुन् ।

अन्य सबै खेलाडी नेपाली यू-१९ टोलीमा पहिलो पटक परेका हुन् । क्यानले २८ जनाबाट १८ जना हुँदै १४ जनाको नाम सार्वजनिक गरेको हो । नेपालले कप्तानी भने केहि समयमा टुङ्गो लगाउने बताएको छ । प्रशिक्षक जगत टमाटाका अनुसार नेपालले बंगलादेशमा गएर अभ्यास खेल खेल्ने सम्भावना छ । त्यसको लागि क्यानसँग टोलीले आग्रह गरि सकेको छ ।

नेपाली यू–१९ टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट