साफका लागि यू२० महिला टोली घोषणा

  डेटूडे खबर डेस्क
  ०९ माघ २०७९

                            

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० महिला च्याम्पियनसिपका लागि टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सोमबार बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीबाट २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

टोलीको कप्तानी राष्ट्रिय टोलीकी सदस्य प्रिति राईले गर्नेछिन् । अन्तिम टोलीमा पुजा थापा, सुजाता तामाङ, शोभा क्षेत्री, गंगा रोकाया, सुष्मा जीटी, जेनिफर राणा, हीमा रावत र सदिपा भोलानले स्थान बनाउन सकिनन् ।

टोलीले ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ ।

यू२० महिला टोली
गोलकिपर –
 कविता विक, सावित्री किसान र लिला जोशी
डिफेन्डर – सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ
मिडफिल्डर – तुलसा बोहरा, कुसुम खतिवडा,सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही
फरवार्ड – गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट