राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई

  डेटूडे खबर डेस्क
  ०८ फाल्गुण २०७९

                            

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दिएको छ ।

आज बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई सहयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि निर्णय समेत बैठकले गरेको बताए।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट