राष्ट्रपति कांग्रेसलाई दिने आठ दलबीच सहमति

  डेटूडे खबर डेस्क
  १२ फाल्गुण २०७९

                            

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ ।

 

शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको हो ।

 

कांग्रेसलाई राष्ट्रपति दिने बैठकले सहमति जनाए पनि कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्छ भन्ने विषयमा भोलि बिहान बैठक बसेर तय गरिनेछ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

पूराना पाँच दलीय गठबन्धनमा तीन दल पनि मिसिएका थिए । बैठकमा जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट