चितवनका पत्रकार द्धारिका नेपालको निधन

  डेटूडे खबर डेस्क
  ३१ असोज २०७८

                            

जनकपुरधाम । चितवनका पत्रकार द्वारिका नेपालको निधन भएको छ । कालिका एफएममा कार्यरत पत्रकार नेपालको काठमाडौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो ।

गत असोजको २५ गते दशैँ मनाउन पुखौर्ली घर रौतहट जाने क्रममा बाराको निजगढ नजिकै तामागढी जंगलमा पुग्दा विहान ९.३० बजे अचानक बेहोस भएर अर्धचेत अवस्थामा पुगेपछि तत्कालै एम्बुलेन्सबाट चितवन मेडीकल कलेजमा उपचारको लागि ल्याएर राखीएको थियो । यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौको ग्राण्डी अस्पतालमा आइसीयुमा उपचार गरिरहनु भएको थियो ।

चितवनको गीतानगरमा जन्मीनुभएका पत्रकार नेपालको श्रीमती, एक छोरी र एक छोरा हुनुुहुन्छ ।                           

नेपाल चितवनका विभिन्न शिक्षण संस्थामा लामो समयदेखि आवद्ध हुनुहुन्थ्यो।   

नेपालले साहित्य क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याउनभएको थियो ।

नेपाल गजल मञ्च चितवनका अध्यक्ष, अक्षर समूह चितवनका उपाध्यक्ष र साहित्य संगम चितवनका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट