इतिहासकै सबैभन्दा लामो अवधिको गीत \'जय सियाराम\' को लोकार्पण भोलि जनकपुरधाममा

डेटूडे खबर डेस्क
०१ कार्तिक २०७८
जनकपुरधाम । मिथिलाको प्रसिद्ध गीतकार साहित्यकार, रचनाकार अशोक दत्तद्वारा रचित ‘जय सियाराम’ एल्बमको लोकार्पण भोलि हुन गइरहेको छ ।
उद्योग पर्यटन तथा वन मन्त्रालय प्रदेश २ को पर्यटन प्रर्बद्धनात्मक प्रचार प्रसार कार्यक्रम अन्तर्गत नवरश मिडिया प्रा.लि.को प्रस्तुती तथा लोकसमाज जनकपुर र पिएमपीको सहकार्यमा निर्मित यस एल्बमको कार्तिक २ गते मंगलबार विहान ९ बजे जनकपुरधाम स्थित गिरिजा चलचित्र मन्दिरमा लोकार्पण हुन गईरहेको छ ।
जय सियाराम इतिहासकै सबैभन्दा लामो अवधिको गीत रहेको गीतकार अशोक दत्तले जानकारी गराउँनुभयो ।
गीतकार अशोक दत्तका अनुसार उक्त गीत करिब २२ मिनेटको रहेको र भिडियोमा १०० जना भन्दा बढी कलाकारहरुले अभिनय समेत गरेको बताउनुभयो ।
गीतकार अशोक दत्तद्वारा लिखित यस गीतमा संगीत सुनिल प्रवेशको रहेको छ भने सुनिल मल्लिक, प्रवेश मल्लीक, पार्थ मल्लिक, नेहा प्रियदर्शनी, संगिता देव, निहारीका मल्लीक, अमरेश मल्लीक, रामनारायण ठाकुर लगायतका गायक गायिकाहरुलको स्वरको संगम रहेका छन् भने निर्देशन निशान्त मल्लिक र निहारिक मल्लिकले गरेका छन् ।