बेङ्लाेरले लखनउलाई १८ रनले हरायो

  डेटूडे खबर डेस्क
  १९ वैशाख २०८०

                            

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्लाेरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।

लखनउ घरेलु मैदानमा बेङ्लाेरसँग १८ रनले पराजित भयो । बेङ्लाेरले दिएको १ सय २७ रनको मध्यम लक्ष्य पछ्याएको लखनउ १९ ओभर ५ बलमा १ सय ८ रनमा अलआउट भयो ।

गएराति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बेङ्लाेरले ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । उसका फाप डु प्लेसिसले सर्वाधिक ४४ रन बनाए ।

जितसँगै बेङ्लाेर ९ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान ९ खेलमा १० अङ्क नै रहेको लखनउ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट