प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण ब्रिटेनबाट

डेटूडे खबर डेस्क
०१ कार्तिक २०७८
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण ब्रिटेनबाट हुने भएको छ ।
प्रधानमन्त्रीले नोभेम्बर १–२ मा ब्रिटेनको ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिने टुंगो लागेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नोभेम्बर १–२ मा ग्लास्गोमा हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा टोली जान लागेको जानकारी दिनुभयो ।
कोरोनाभाइरस महामारीका कारण ग्लास्गोमा तय भएको जलवायु सम्मेलन अघिल्लो वर्ष रोकिएको थियो ।