आयाेगले खुलायाे निमावि तह लाइसेन्सको विज्ञापन

  डेटूडे खबर डेस्क
  ११ श्रावण २०८०

                            

काठमाण्डौँ। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ ।

आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज (साउन ११ गते बिहिबार) देखि अनलाइन दरखास्त दिन सकिनेछ । इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

 म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही नहुने आयोगले जनाएको छ । दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्बन्धमा उम्मेद्वार स्वयं जवाफदेही हुनुपर्ने आयोगले सूचनामा उल्लेख गरेको छ । थप जानकारीका लागि आयोगको वेभसाइटः
www.tsc.gov.np
हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट