सन्दीप एसिया कप खेल्न जाने

  डेटूडे खबर डेस्क
  ११ भदौ २०८०

                            

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आज सोमबार जाने भएका छन् । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका सन्दीप सोमबार बिहान पाकिस्तान जाने भएका छन् ।

हिजो आइतबार जिल्ला अदालत काठमाडौंमा पेसी हेर्दाहेर्दै नभ्याईनेमा रहेपछि सन्दीप आज जाने भएका हुन् । सन्दीपका वकिल सरोज घिमिरेका अनुसार सन्दीप आजै बिहान पाकिस्तान जानेछन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप कतार हुँदै जाने बताएका छन् । ‘सन्दीपको बिहान ११ : २० कतार एरलाइन्सबाट दोहा हुँदै मुल्तान जानेछन्’, पाठकले हाम्रो खेलकुदसँग भने ।

नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती पाकिस्तान गएको थियो । तर सन्दीप टोलीसँग गएनन् । एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ ।

नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट