बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

  डेटूडे खबर डेस्क
  १५ भदौ २०८०

                            

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्द्धी उमेश पियालाई हराउदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

खड्काले २३ मत प्राप्त गर्दा पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिमा पारसको टिमबाट उनीसहित १२ जना निर्वाचित भएका छन् ।

पारसको प्यानलबाट उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट