एसिया कप २०२३ : श्रीलंकाले बंगलादेशलाई हरायो

  डेटूडे खबर डेस्क
  २४ भदौ २०८०

                            

एजेन्सी । घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई २१ रनले हराएको छ । योसँगै सुपर फोरमा श्रीलंकाले दुई महत्वपूर्ण अंक बटुलेको छ । बंगलादेशको सुपर फोरमा यो लगातार दोस्रो हार हो ।

जितको लागि २ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८.१ ओभरमा २ सय ३६ रनमा अल आउट भयो । बंगलादेशका तोवहिद हृदोयले ९७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८२ रनको योगदान दिए ।

ओपनर मोहम्मद नमई २१, मेहेदी हसन मिराज २८, लिटन दास १५ र विकेटकिपर मुश्फिकुर रहिम २९ रना आउट भए । श्रीलंकाका स्पिनर महेश थिक्सेनाले ९ ओभरमा ६९ रन खर्चेर ३ विकेट लिए ।

कप्तान दासुन शानकाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मथिसा पाथिरानाले ९.१ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो ।

श्रीलंकाको जितमा सदिरा समाराविक्रमाले ७२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ९३ रनको योगदान दिए । कुशल मेन्डिस ७३ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाथुम निसांकाले ६० बलमा ५ चौकासहित ४०, दिमुथ करुणारत्ने १८, चरिथ असलंका १०, धनन्जय डि सिल्भा ६ र कप्तान दासुन शानका २४ रनमा आउछ भए ।

हसन मोहम्मद ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । तस्किन अहमदले १० ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । शोरिफुल इस्लामले ८ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । लगातार दोस्रो हारले फाइनल पुग्ने सम्भावना बंगलादेशको लगभग सकिएको छ । आज भारत र पाकिस्तानबीच दिउँसो ३ : १५ मा खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट