लिभिङस्टोनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्ड विजयी

  डेटूडे खबर डेस्क
  २५ भदौ २०८०

                            

एजेन्सी । आक्रामक ब्याटर लियाम लिभिङस्टोनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ७९ रनले पराजित गरेको छ । योसँगै चार ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

जितको लागि २ सय २७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड २६.५ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । उसका लागि डर्याल मिचेलले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । मिचेलकै सानदार शतकमा न्युजिल्यान्ड पहिलोे खेलमा विजयी भएको थियो ।

विल योंग ३३, डेभन कन्वे १४ र टम लाथम १९ रनमा आउट भए । इंग्ल्यान्डका रिस टोप्लीले ७ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । डेविड विल्लीले ५.५ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । मोईन अलीले २ र गस एटिनसनले एक एक विकेट लिए ।

त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ३४ ओभरमा ७ विकेट गुमाउँदै २ सय २६ रन बनायो । इंग्ल्यान्डका लिभिङस्टोनले ७८ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ९५ रनमा अविजित रहे । साम करनले ३५ बलमा १ चौका र २ छक्कासहित ४२ रन बनाए । जोनी बेयरस्टो ६, ह्यारी ब्रुक २, जो रुट डक, बेन स्टोक्स १ र जस बटलर ३० रनमा आउट भए ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरेपछि इंग्ल्यान्ड एक समय ८(३, २८(४, ५५(५ हुँदै १०३(६ को अवस्थामा पुगेको थियो । साम करन र लिभिङस्टोनले सातौं विकेटका लागि १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ७ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए । टिम साउथीले ७ ओभरमा ६५ रन खर्चेर २ विकेट लिए । म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट