मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा विश्वासको मत लिने तयारी

  डेटूडे खबर डेस्क
  १३ माघ २०८०

                            

जनकपुरधाम । मधेश प्रदेशमा केही समयअघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री यादवले आगामी एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ ।

जनमत पार्टीले सरकार छाडेर मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन् ।

 सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए ।

उनीहरूको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुवै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट