टिकटक पुनः सञ्चालनमा ल्याउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

  डेटूडे खबर डेस्क
  ०६ फाल्गुण २०८०

                            

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले टिकटकको प्रतिबद्धता व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटक पुन: सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरूले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए । 

‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको ’टिकटक’ सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्यम भएको र यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट तत्कालका लागि रोक लगाइएको हो ।

यसबीचमा उक्त कम्पनीले सरकारलाई सामग्री नियमन, पोइन्ट अफ कन्ट्याक स्थापना, डेडिकेटेड रिपोर्टिङ्ग सिस्टममा पहुँच र कर प्रणालीमा आबद्ध हुन तयार रहेको भन्दै पत्राचार गरेको छ । र. पुन: सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेका छन् । टिकटकले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने होइन । सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई संघीय संसदमा पेस गर्न लागिएको छ,’ उनले भने, ‘पछिल्ला दिनहरूमा नेपालमा सूचना प्रविधिका क्षेत्रमा उल्लेख्य मात्रामा जनशक्ति वृद्धि भएको छ । यस क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरूले यस वर्ष करीब १ खर्ब रुपैयाँ स्वदेशमा ल्याउँदैछन् । सरकारले सूचना तथा प्रविधिको क्षेत्रमा अवरोधका सबै गाँठा फुकाउने छ र अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको योगदान गुणात्मक रूपमा बढाइनेछ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट