नेपाल बार: मापदण्ड पुगेका व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि देऊ

  डेटूडे खबर डेस्क
  ०५ कार्तिक २०७८

                            

जनकपुरधाम । नेपाल बार एसाेसिएसनले मापदण्ड पुगेका कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न आग्रह गरेको छ। बारले आज एक विज्ञप्ति जारी गरी ४ वर्षदेखि रोकिएको उपाधि प्रदान गर्न सर्वोच्च अदालतसँग अनुरोध गरेको हो। 

महासचिव लीलामणि पौडेलले प्रेस विज्ञप्ति जारी गरी बारको असोज ६ गतेको निर्णयअनुसार उपाधिका लागि पुनः अनुरोध गरेका हुन्।

बारले उपाधिका लागि बार सर्वोच्च आफैँले बनाएको मापदण्ड पालना नगरेको आरोपसमेत लगाएको छ। बारले यसबारेको निर्णय गर्ने जिम्मेवारी सर्वोच्चको फुलकोर्टसँग रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट