आईसीसी टी-२० : आज समूह ‘ए’ का दुई खेल हुने

  डेटूडे खबर डेस्क
  ०६ कार्तिक २०७८

                            

जनकपुरधाम । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज शनिबार सुपर १२ समूह ‘ए’ का दुई खेल हुने भएका छन् । पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्नेछन् ।

भोलि आइतबार सुपर १२ को समूह ‘बी’ का खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश तथा दोस्रो खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । यसअघि शुक्रबार भएका दुई खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका र आयरल्याण्डलाई हराउँदै नामिबिया सुपर-१२ मा पुगेको छ।

सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह ‘बी’ को उपविजेता बंगलादेश र समूह ‘ए’ को विजेता श्रीलंका छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह ‘बी’ को विजेता स्कटल्यान्ड र समूह ‘ए’ को उपविजेता नामिबिया छन् । सुपर १२ बाट दुवै समूहका शीर्ष २-२ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट