प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

  डेटूडे खबर डेस्क
  ०२ श्रावण २०८१

                            

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । 

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने सत्ता पक्षका मुख्य सचेतक​ महेशकुमार बर्तौलाले जानकारी दिएका छन् । उनले भने, 'यही साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुहुने जानकारी गराउन चाहन्छु ।'

सो अनुसारको पत्र संसद् सचिवालयलाई बुझाउने तयारी गरिएको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट