कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत मात्रै उत्तीर्ण

  डेटूडे खबर डेस्क
  १८ श्रावण २०८१

                            

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार परीक्षामा सहभागी भएका नियमतितर्फका ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये २ लाख ३ हजार ८४७ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । १ लाख ८७ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण अर्थात ननग्रेडिङ (एनजी) भएका हुन् ।

कुल सहभागी परीर्थीमध्ये करि ५२ प्रतिशत मात्रै उत्तीर्ण भएको र ४८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । यस्तै १०२ जनाको परीक्षा रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट