एसेम्बलिङ्ग उद्योग स्थापना गर्न मुख्यमन्त्री राउतको आग्रह

  डेटूडे खबर डेस्क
  ०६ कार्तिक २०७८

                            

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गरेका छन्।

धनुषाको ढल्केबरमा आयोजित जानकी अटोमोबाईल एशोसिएसनको प्रथम बार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार उद्योग ऐन ल्याईसकेको उल्लेख गर्दै उद्योग सञ्चालन गर्न आग्रह गरेका छन।

राउतले भने, तपाईंहरु उद्योग सञ्चालनको तयारी थाल्नु होस, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो छ । थप ऐन, कानून चाहिए सुझाब दिनुहोस, हामी ल्याउछौँ ।

मुलुकको आर्थिक समृद्धि एवं रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको अटोमोबाईल क्षेत्र प्रति केन्द्रिय सरकारको धारणा सकारात्मक नहुनु दु:खद रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फबाट हुन सक्ने सम्पूर्ण वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिलाशिता भन्दा पनि उपयोग बस्तुको रुपमा परिणत हुँदै गएको अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको मुख्यमन्त्री राउतको कथन थियो ।

जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालको अध्यक्ष तेजनारायण साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, मिथिला नपाका प्रमुख हरिनारायण महतो सहितका बक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट