आधिकारीक ट्रेड युनियन धनुषाको विरोध कार्यक्रम: आज र भोली १ घण्टा पेन डाउन

डेटूडे खबर डेस्क
०८ कार्तिक २०७८
जनकपुरधाम । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति धनुषाले प्रेस विज्ञप्ती जारी गर्दै आज सोमबार र मंगलबार सम्पूर्ण निजामती कर्मचारीहरुले हातमा कालोपट्टी बांधी १ घण्टा विहान १० बजे देखी ११ बजे सम्म पेन डाउन गरी विरोध प्रदर्शन गर्ने र त्यसपछि कालोपट्टीको साथ कामकाज गर्ने भनी सम्पूर्ण निजामती कर्मचारी तथा अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई अनुरोध गरेका छन् ।
२०७८।०७।०४ गतेका बिहिवार जनकपुरधाम स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि भएको दर्व्यवहारलाई लिएर धनुषा जिल्ला लगायत अधिराज्यका राष्ट्रियस्तरका आधिकारीक ट्रेड युनियन, विभिन्न पेशाकर्मीहरु एवं ईन्जिनीयरिङ्ग एसोसिएसन आन्दोलित भएको छ ।
सो घटनामा संलग्न व्यक्तिहरुलाई हदै सम्म कारवाही नभए सम्म विरोध कार्यक्रम यथावत रहने र पर्सि बुधबारको दिन ससक्त आन्दोलनको कार्यक्रम समेत तय गर्ने भनी जनाएको छ ।