प्रदेश २ सरकारले मुस्कानलाई थप उपचारको लागी पाँच लाख दिने निर्णय
डेटूडे खबर डेस्क
०९ कार्तिक २०७८
जनकपुरधाम । एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।
यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।