टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले स्कटल्यान्डलाई १ सय ३० रनले हरायो
डेटूडे खबर डेस्क
०९ कार्तिक २०७८
जनकपुरधाम । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनको फराकिलो अन्तरले विजयी भएको छ ।
गत राति सारजाहमा भएकाे खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।
अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।