धनुषाको विभिन्न स्थानबाट लागु औषध र श्रोत नखुलेको रकम बरामद

  डेटूडे खबर डेस्क
  ०५ फाल्गुण २०८१

                            

 जनकपुरधाम ।  धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध (खैरो हिरोइन)सहित तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत जिल्लाको विभिन्न स्थानबाट बरामद भएका लागु औषधको बारेमा जिल्ला प्रहरी कार्यालयले जानकारी  दिएको छ ।

 (हिजो) आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बालुवा खोलामा लागु औषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको सूचनाको आधारमा ढल्केवरबाट खटेको प्रहरीको टोलीले खैरो हिरोइन जस्तो देखिने पदार्थ ३९.१९० ग्रामसहित मोटरसाइकलमा सवार २५ वर्षीया राजेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तीवारीले जानकारी दिए ।

त्यस्तैगरी, गत २९ गत्ते जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा चेक जाँच गर्नै क्रममा मोटरसाइकलमा सवार अस्फाक राइन र सल्मत अलीलाई ५.६ मिलि ग्राम खैरो हिरोइन जस्तो देखिने लागु औषध पदार्थसहित पक्राउ गरेको एसपी तीवारीले  बताए ।

त्यस्तै,  (हिजो) जनकपुरधाम वडा नं. ८ स्थित न्यू अनुष्का ट्रेडर्स मनी ट्रान्सफर्सबाट श्रोत नखुलेको ४७,८४,६३५ रुपैया बरामद भएको छ । साे रकम कस्को र कहाँबाट आयो भन्ने विषयमा जनकपुरधाम वडा नं ८ बस्ने जेनिस कुमार साहलाई अनुसन्धानका लागि हिरासतमा लिइएको एसपी तीवारीले जानकारी दिए ।

त्यस्तै, सोही दिन वडा नं. ८ बाट १० लाख नेपाली रुपैयासहित भारत सितामढी बस्ने ४२ वर्षका जामुन नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका सबैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट