टी–२० विश्व कप : पाकिस्ताने न्यूजिल्याण्डलाई ५ विकेटले हरायो

  डेटूडे खबर डेस्क
  ०९ कार्तिक २०७८

                            

जनकपुरधाम । आईसीसी टी–२० विश्व कप अन्तर्गत पाकिस्तानले न्यूजिल्याण्डलाई ५ विकेटले हराएकाे छ ।

न्यूजिल्याण्डले दिएकाे एक सय ३५ रनकाे लक्ष्य पाकिस्तानले पाँच विकेट गुमाएर ८ बल अघि नै भेटायाे । पाकिस्तानका लागि मोहम्मद रिजवानले ३४, असिफले २७ र सोएब मल्लिकले २६ बनाएर नाबाद रहेर जित दर्ज गरायो । 

यसअघि पहिले ब्याटिङ गरेकाे न्यूजिल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन बनायाे । न्यूजिल्याण्डका लागि गुपटिलले १७, डेरी मिचेल २७, विलियम्सन २५कनवे २७ र फिलिप्स १३ रन बनाए भने बाँकी खेलाडीले दोहरो अंग जोडन सकेका थिए्न । 

आजकाे जितसँगै पाकिस्तान दुई खेलमा दुबै खेल जित्दै पहिलो नम्बरमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट