नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीकाे अवधि तीन वर्ष थप

  डेटूडे खबर डेस्क
  १० कार्तिक २०७८

                            

जनकपुरधाम । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीकाे अवधि तीन वर्ष थप भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र अलमुताइरीबीच भएकाे नयाँ सम्झाैतामा उहाँकाे अवधि तीन वर्ष थपिएकाे हाे ।

प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिनुभएकाे छ । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको जानकारी दिनुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट