२४ घण्टामा ५९१ जना संक्रमित, दुई जनाको मृत्यु
डेटूडे खबर डेस्क
११ कार्तिक २०७८
जनकपुरधाम । नेपालमा गत २४ घण्टामा ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ११३५५ जनामा गरिएको नमूना परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ६६४ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६ रहेको छ ।