शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २२ श्रावण २०८२  
  
                        
                            काठमाडाैँ ।   शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित भएको छ । 
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकले शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको हो ।
बैठकले विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव पारित गरेको छ । आन्तरिक र आवधिक बढुवाको सट्टामा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनका आधारमा शिक्षकको बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको हो ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                           _1761906109.jpg) 
                            
                           