२४ घण्टामा ५४९ जना संक्रमित, ६ जनाको मृत्यु
डेटूडे खबर डेस्क
१२ कार्तिक २०७८
जनकपुरधाम ।नेपालमा गत २४ घण्टामा ५४९ जना कोभिड १९ संक्रमित भएका छन् ।
देशभर ९७४६ जनामा गरिएको नमूना परीक्षणमा ५४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।