टी-२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

  डेटूडे खबर डेस्क
  १३ कार्तिक २०७८

                            

जनकपुरधाम । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ४ विकेटले हराएको छ ।

यूएईको शारजाहमा श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ बल बाँकी छँदै भेट्टायो ।

दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १५ रन चाहिएकोमा डेभिड मिलरले २० औँ ओभरको दोस्रो र तेस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जिताए । श्रीलंकाका बानिन्दु हसरंगाले ह्याट्रिक विकेट लिए ।

यस्तै दुश्मन्था चमिराले दुई विकेट लिए  । आजको हारसँगै श्रीलंकालाई सेमिफाइनल पुग्न मुश्किल देखिएको छ । दक्षिण अफ्रिका भने चार अंकका साथ तेस्रो स्थानमा पुगेको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा अलआउट हुँदै एक सय ४२ रन बनायो । उसका लागि पथुम निशंकाले सर्वाधिक ७२ रन बनाए । 

बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्सी र डवाइन प्रेटोरियसले तीन/तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट