मधेशमा बनेको नयाँ सत्तासमिकरणकाे प्रभाव अन्य प्रदेशमा पनि देखिने प्रचण्डको दाबी

  डेटूडे खबर डेस्क
  २० मंसिर २०८२

                            

जनकपुरधाम ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरण अन्य प्रदेशमा पनि देखिने दावी गरेका छन् ।

शनिबार जनकपुरमा आयोजित सम्पन्न एकता सभालाई सम्बोधन गर्दै  प्रचण्डले  भने मधेशमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेश केन्द्रित दलहरुबीच समिकरण बनेर नयाँ समिकरण बनेको र अब यस्तै समिकरणको शुरुवात अन्य प्रदेशहरुमा पनि बन्ने विश्वास व्यक्त गरे । कम्युनिष्टहरुबीचको एकता प्रकृयालाई जारी राख्ने बताउदै दाहालले एमालेमा आवद्ध नेताहरुलाई समेत एकतामा शामिल हुन आह्वान समेत गरे ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट