४०८ सङ्क्रमित ५१८ घर फर्किए

डेटूडे खबर डेस्क
१४ कार्तिक २०७८
जनकपुरधाम । आज दिन भरिमा ४०८ जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ५१८ जना रोगलाई जितेर घर फर्केका छन् । दश जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १६८ जनामा एन्टिजेन र पाँच हजार ७३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । आजै सात हजार ८९९ जनाको स्वास्थ्य परीक्षण गरियो भने देशभरका ३८ हजार ८१५ जनाले खोप लगाए ।
सङ्क्रमित सङ्ख्या नौ हजार ३७६ सीमित रहेका छन् ।