मतदाता नामावलीको त्रुटि मंसिर २६ गतेसम्म सच्याउन सकिने

  डेटूडे खबर डेस्क
  २२ मंसिर २०८२

                            

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ । 

आयोगले सोमबार (आज) विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल समेत गरेको छ ।

साथै आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि अनलाइन वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट