माग पुरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं
डेटूडे खबर डेस्क
२२ मंसिर २०८२
काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्।
सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरूले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने बताएका छन्।
उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्टरुपमा राखेको बताउँदै आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताए। प्रधानमन्त्री कार्कीले आफूहरूका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताएको प्रसाईंले बताएका छन्
