सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश

  डेटूडे खबर डेस्क
  २३ मंसिर २०८२

                            

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनमा प्रवेश गरेको छ।

आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दे सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले सबै विकेट गुमाएर जम्मा ७८ रन मात्र बनायो ।

अब इलिमिनेटर राउण्डको विजेतासँग विराटनगरले दोश्रो क्वालिफायर खेल खेल्नेछ ।

इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट