बालिका बलात्कार आरोपमा हिरा साह पक्राउ

  डेटूडे खबर डेस्क
  २४ मंसिर २०८२

                            

जनकपुरधाम ।  बालिका बलात्कार अभियोगमा प्रहरीले शिवशंकर साह(हिरा)लाई  पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार हिरालाई पक्राउ गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा हिरालाई नियन्त्रणमा लिइएको हो ।

१४ वर्षीय बालिकालाई बन्धक बनाई जनकपुरधामको एक होटलमा जवरजस्ती करणी गरेको आरोपमा शिवशंकर साह हिरा सहित ४ जना माथि उजुरी दर्ता भएको थियो । उजुरीको आधारमा हिराका दाई मनोज साहलाई धनुषा प्रहरीले यस अघि नै पक्राउ गरि सकेका छन भने एक जना अझै फरार रहेको प्रहरीले जनाएकाे छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट