मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार,२ मन्त्रीले लिए शपथ
डेटूडे खबर डेस्क
२९ मंसिर २०८२
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सोमबार (आज) मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
यससँगै मधेसमा मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ ।
