पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
डेटूडे खबर डेस्क
२९ मंसिर २०८२
काठमाडौँ । नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ ।
त्यसैगरि डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको हो भने डिजल र मट्टितेलमा ४ रुपैयाँ घटाइएको छ।
समायोजन गरिएको मूल्य आज राति १ बजेबाट लागू हुने छ।
