एमाले महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
डेटूडे खबर डेस्क
२९ मंसिर २०८२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ।
महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले इतबार जानकारी दिए।
उनकाअनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए।
