वीरगन्ज भन्सारद्वारा ५ महिनामा ९६ अर्ब ३८ करोड राजस्व संकलन

  डेटूडे खबर डेस्क
  ०२ पौष २०८२

                            

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १२ अर्ब एक करोड अर्थात् १४ प्रतिशत बढी राजस्व संकलन गरेको हो । जबकि कार्यालयले गत आवको पाँच महिनामा ८४ अर्ब ३७ करोड संकलन गरेको थियो । 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले पाँच महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताएका छन् ।

“कार्यालयले मंसिरमा २१ अर्ब ३३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् रु २० अर्ब ८० करोड संकलन गरेको छ,” ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व संकलन भएको थियो । त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड र मंसिरमा २० अर्ब ८० करोड संकलन भएको छ । 

भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयालाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । हालसम्म वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट