एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

  डेटूडे खबर डेस्क
  ०२ पौष २०८२

                            

काठमाडाैँ ।

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया शुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो ।

भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ प्रतिनिधिहरू लामवद्ध भएका छन् । प्राविधिक कारणले पटक–पटक सारिएको मतदान मंगलवार राति अबेरसम्म पनि शुरु हुन नसकेपछि बुधवार (आज )बिहानका लागि धकेलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट