मधेश प्रदेशमा सभामुख चयनका लागि पुस ६ गते निर्वाचन
डेटूडे खबर डेस्क
०२ पौष २०८२
जनकपुरधाम ।
मधेश प्रदेशमा झन्डै एक महिनादेखि रिक्त रहेको सभामुख चयनका लागि यही पुस ६ गते निर्वाचन गर्ने सहमति भएको छ । सभामुख चयनका लागि यहि आउँदो पुस ५ गते मनोनयन दर्ता र ६ गते निर्वाचन गर्ने सहमति भएको उपसभामुख बबिता राउतले जानकारी दिएकी छन् ।
उनका अनुसार सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ ।
