सुनचाँदीको भाउ फेरि बढयो

  डेटूडे खबर डेस्क
  ०७ पौष २०८२

                            

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार तीन सय रुपैयाँ थियो । यसअघि मङ्सिर २९ गते सुनको भाउ २ लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।

चाँदी आज एकैदिन एक सय ३० रुपैयाँले बढेर तोलाको चार हजार दुई सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार एक सय पाँच रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट