सम्पति शुद्धीकरण अनुसनधानमा सहयोग गर्न आग्रह

  डेटूडे खबर डेस्क
  १४ कार्तिक २०७८

                            

जनकपुरधाम । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया भएको छ ।


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कार्यक्षेत्र र यसको अनुसन्धानका बारेमा निजी क्षेत्र अन्योलमा रहेको बताए ।

उनले निजी क्षेत्रले सहयोग गरे विभागको अनुसन्धान प्रभावकारी हुने पनि उनले बताए ।


आपराधिक कार्यबाट आर्जित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अपराधलाई निस्तेज पार्ने उद्देश्यले मात्रै सम्पत्ति शुद्धीकरणको धारणा ल्याइएकाले निजीक्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग डराउन नपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट