दुई हप्तापछि राजीनामा दिने मेयर बालेन शाहकाे तयारी
डेटूडे खबर डेस्क
१३ पौष २०८२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह दुई हप्तापछि राजीनामा दिने तयारी गरेका छन् ।
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि शाहले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् ।
आइतबार बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।
